भयानक ‘असमय’को मृत्युमा श्रीदाइ

सिन्धुपाल्चोक जिल्लाको घुम्थाङ गाविस वडा नम्बर ४ मा २०२४ साल पुस १४ गते जन्मिएका र ३५ दिन अगाडि विवाह गरेका नेपाली चलचित्र जगतका एक शालिन नायक श्रीकृष्ण श्रेष्ठको आइतबार विहान मृत्यु भएको छ । उनको मृत्युले जीवनको आकस्मिकतामा केही यस्तो कठोर सत्यमाथि बज्रप्रहार गरेको छ कि, विवाह गरेको ३५ दिनमै उनको मृत्यु हुनु, ड्रिम प्रोजेक्टको रुपमा रहेको चलचित्र कोहीनुर शहरका हलहरुमा प्रदर्शित हुनु र जतिवेला उनको जन्मक्षेत्र सिन्धुपाल्चोकमा सुनकोशी नदीमाथि भीषण पहिरो खसेर डेढ सय बढीको मृत्यु हुनु ….उनको छिमेकका गाविसका मानिसहरु आसुमा डुबेका छन् । र, यो सब छाडेर श्रीकृष्ण श्रेष्ठले संसार छाडेका छन् । एक सबल नायक : जसको अभिनयमा लाखौं नेपालीको जीवनशैली प्रवाहित छ र उनी हास्दा सगै हास्ने, उनी रुदा सगै रुने उनका सुभचिन्तकहरुले तिनको अपेक्षा बमोजीम अब कहिल्यै अटोग्राफ लिन पाउनेछैनन् । श्रेष्ठप्रति हार्दिक श्रद्धान्जली ।।