महाप्रलयमा हिक्हिक गर्दैछ देश !

धेरै धेरै नै मिहिनेत गरेर बनाएको एउटा स्कुलको हबिगत यस्तो भयो १ के गरौं, आज देशका सारा स्कुलहरु, घरहरु र सारा मानिसहरुको आँखामा आँसु छ भने …….
निशब्द छ समय, प्राण जारी छ कि अन्त्योन्मुख छ वा यो स्तब्ध अजीवन हो भन्ने नै थाहा छैन, थाहा छैन यो बिध्वंशपछि चरम निर्माण पनि होला तर अहिले मन शान्त छैन ! ७ दशमलब ६ रेक्टरस्केलको भूकम्प लगत्तै सिन्धुपाल्चोक पुगेर आमालाई भेटेर त आएँ तर दिमागले काम गरिरहेको छैन ! किनकी देश नै यस्तै उस्तै र चरम संकटमा छ ।